दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार

Image
Nisarga Hospital

अत्तरिया : दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको महाकाली नगरपालिका-१ दहका २५ वर्षीय उमेश कुवरले प्रहरी हवलदार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् ।

CP Hospital Dhangadhi

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा र घाटीमा चोट लागेको छ । उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि आक्रमण स्वरूप चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । उनका अनुसार चक्कु प्रहार गरेर कुवर फरार भएका छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur