सुदूरपश्चिममा पहिलोपल्ट एसपीए टेकफेस्ट ०.१ हुने

Image
Nisarga Hospital

धनगढी: आगामी फागुन ४ गते एसपीए टेक फेस्ट ०.१ हुने भएको छ । एसपीए कलेजको रोबोटिक्स क्लबद्धारा आयोजित प्रतियोगिता सुदूरपश्चिम प्रदेश स्तरीय हुनेछ ।

CP Hospital Dhangadhi

टेक फेस्टमा रोबो रेस, रोबो सकर, रोबो फाइट, विज्ञान प्रदर्शनी, फुडस्टलहरु, नाटक, साइन्स क्विजलगायत संगीत तथा मनोरन्जनात्मक प्रस्तुती हुने हुने एसपीए रोबोटिक्स क्लबका अध्यक्ष जनुल अल जफर सिद्धिकीले बताए ।
रोबो रेसमा कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन । उक्त रेसमा प्रथम हुनेले ३ हजार, दोस्रो हुनेले २ हजार तथा तेस्रो हुनेले एक हजार पुरस्कार पाउनेछन् ।

यस्तै रोबो सकरमा स्नातक सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । यसको विजेताले ५ हजार र उपविजेताले दुई हजार पाउनेछन् । एक टिममा तीन जनावटा सम्म रोबार्ट राख्न सकिनेछ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

रोबो फाइटको विजेताले पनि ५ हजार र उपविजेताले दुई हजार पाउनेछ । स्नातक तहसम्मका विद्यार्थीहरुले यसमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

विज्ञान प्रदर्शनी र डिजायन च्यालेन्जमा ५ जनाको टोली हुनेछ । जसमा ५ हजार जम्मा पुरस्कार रकम रहेको छ ।
विभिन्न विद्यालयका आगन्तुक शिक्षक शिक्षकका लागि म्युजिकल प्रतियोगिता हुनेछ । जसको विजेताले आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् ।

एसपीए बीएचएमका विद्यार्थीहरुले फुड स्टलहरु राख्नेछन् । त्यसबाहेक सास्कृतिक नृत्य तथा गायन समेत हुनेछ ।
आर्ट एण्ड क्राफ्ट वर्कसप, सामाजिक चेतनायुक्त नाटक तथा आइटी क्वीज समेत हुने सिद्दिकीले जनाए । क्वीजमा एउटा स्कुलबाट २ जना सहभागि हुन पाउनेछन् । प्रथमले २ हजार र दोस्रो हुनेले एक हजार पुरस्कार पाउनेछ ।

यस्तै चेस प्रतियोगिता समेत हुनेछ । जसमा प्रथमले २ हजार र दोस्रो हुनेले एक हजार पाउनेछ ।
एसपीए कलेज प्रांगणमा हुने टेकफेस्टमा माघ २१ गतेसम्म इन्ट्रि गराइसक्नुपर्ने अध्यक्ष सिद्दिकीलले बताए ।
सहभागिता जनाउन चाहाने विद्यालयर्ले एसपीए रोबोटिक्स क्लब अध्यक्ष जनुल अल जफर सिद्दिकी (९७४६३२५९५९), उपाध्यक्ष विशाल साउँद (९८४०८१५९११)लाई सम्पर्क गर्न सक्नेछन् ।

टेकफेस्टमा सहभागि उत्कृष्ट प्रतिभाहरुको प्रोडेक्ट लन्च गर्न, व्यवसायिक घरानासँग सम्बन्ध स्थापना गतृ तथा लगानी जुटाइदिन एसपीए कलेजले सहयोग गर्ने क्याम्पस प्रमुख योगराज उपाध्यायले जनाए ।

टेकफेस्टमा ५ हजार अवलोकनकर्ताहरुको सहभागिता रहने आयोजकले जनाएको छ । टेकफेस्टको मुख्य प्रायोजकमा एसपीए कलेज रहेको छ ।

Dhnagadhi & Krishanapur