कलाकारसंग बृहत् अन्तरक्रियाको तयारीमा चलचित्र पत्रकार संघ सुदूरपश्चिम

Image
Nisarga Hospital

धनगढी: चलचित्र पत्रकार संघ सुदूरपश्चिमले कलाकारसँग बृहत् अन्तरक्रिया कार्यक्रम “कलाकार संग संवाद” गर्ने भएको छ । सोमबार बसेको संघको पहिलो पूर्ण बैठकमा उक्त अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय पारित भएको हो । सोमबार धनगढीको एसटीएस सिनेमामा चलचित्र पत्रकार संघ सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण बैठक सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

संघका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा बसेको पहिलो पूर्ण बैठकले अन्तरक्रिया कार्यक्रम गर्ने, खाता खोल्ने र धन्यवाद सम्बन्धमा गरि ३ वटा प्रस्तावमाथि छलफल गरेको छ ।बैठकमा अन्तरक्रिया कार्यक्रम गर्ने प्रस्तावमाथि छलफल गर्दा सुदूरपश्चिम प्रदेश भित्रको कला, साहित्य, संगीत र सुदूरपश्चिम भित्र रहेका छायांकन क्षेत्रको पहिचान गरि पर्यटकको केन्द्रविन्दु बनाउने उद्देश्यले फागुन पहिलो हप्ता भित्र बृहत कलाकारसँग संवाद कार्यक्रमको आयोजना गरिने संघका अध्यक्ष पुष्पराज जोशीले बताएका छन् ।

चलचित्र पत्रकार संघ सुदूरपश्चिम प्रदेशको स्थापनापछि आज बसेको पहिलो पूर्ण बैठकमा प्रदेश भित्रको कला, साहित्य र संगीत क्षेत्रको सम्भावनाहरुको उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना हुन लागेको अध्यक्ष जोशीले बताए ।
त्यस्तै चलचित्र पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिको बैंक खाता खोल्ने निर्णय गरेको समितिले सुदूरपश्चिम प्रदेशमा चलचित्र पत्रकार संघ स्थापना गर्न महत्त्वपूर्ण योगदान गर्ने संघका पूर्व पदाधिकारी, केन्द्रिय अध्यक्ष पत्रकारसँग सम्बन्धि विभिन्न संघ संस्थालाई विशेष धन्यवाद दिने निर्णय पारित भएको संघका सचिव कृतबहादुर बिष्टले जानकारी दिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur