
धनगढी: कैलालीमा अवैध ३० क्वीन्टल चिनी बोकेको गाडी नियन्त्रणमा लिइएको छ । कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरबाट भन्सार छली गरेको चिनी बोकेको सुपप्र०१–००१च३९५७ नम्बरको मालबाहक गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी)को टोलीले आज मंगलबार दिउँसो उक्त गाडीमा रहेको ५० किलोका ६० बोरा चिनी र दुई बोरा बिडी बरामद गरेको जनाएको छ।
अवैध चिनीसहित बरामद गरिएको ट्रकको मुचुल्का गरेर आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइने प्रहरीले जनाएको छ ।






































