रोजगारीका लागि भारत गएका श्रीमानको १८ बर्ष देखि बाटो कुर्दै कञ्चनपुरकी बिस्ना !

Image
Nisarga Hospital

धनगढी : कञ्चनपुरबाट एक मनोरोगी महिलाको उद्धार गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको समन्वयमा ३५ वर्षीया विस्ना जोशीको उद्धार गरिएको हो।

CP Hospital Dhangadhi

कृष्णपुर नगरपालिका वडा नम्बर ३ की जोशीलाई मानव सेवा आश्रम धनगढीले मङ्गलवार उद्धार गरेको छ। उनका श्रीमान १८ वर्ष अगाडि रोजगारीका लागि भारत गएका थिए।

श्रीमान भारतमा वेपत्ता भएपछि उनी मनोरोगी भएकी मानव सेवा आश्रमले बताएको छ। एक छोरा रहेकी जोशी बुवासँग बस्दै आएकी थिइन्। तीन महिनादेखि सडकपेटीमा नाङ्गै हिड्न थालेपछि नगरपालिकाले मानव सेवा आश्रमको जिम्मा लगाएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मानव सेवा आश्रम धनगढीले उनको उपचार सुरु गरेको छ। धनगढीस्थित मानव सेवा आश्रममा उनको पालनपोषणसहित उपचार हुने छ। चिकित्सकको मनोपरामर्ससहित औषधि सुरु गरिएको आश्रमले बताएको छ। मानव सेवा आश्रम, धनगढीले सडक मानवलाई आश्रय दिने गरेको छ।

Dhnagadhi & Krishanapur