दार्चुला महाकालीमा खसेका पुरूषको सशस्त्रद्वारा सकुशल उद्दार

Image
Nisarga Hospital

अत्तरिया : दार्चुलामा महाकाली नदीमा खसेका पुरूषको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । बिहीबार महाकाली नगरपालिका-४ को रिङ्गतालबाट महाकाली नदीमा खसेका सोही ठाउँ वडा नम्बर १ छापरी बस्ने ४२ वर्षीय मदनसिंह कुँवरको सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ ।

CP Hospital Dhangadhi

सशस्त्र प्रहरी गण नम्बर ४४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक डम्बरबहादुर बिष्टले कुँवरको सकुशल उद्दार गरिएको जानकार दिए । उनका अनुसार मादक पदार्थ सेवन गरेको अवस्थामा कुँवर महाकाली नदी किनारमा खसे लगत्तै ४४ गणको झोलुङ्गेपुलमा सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्दार गरेको थियो ।

Attariya Hospital

उद्दारपछि उनलाई झोलुङ्गेपुलस्थित हेल्थ डेस्कमा प्राथमिक उपचार गरी घर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

nawajiwan