धनगढीमा मोटरसाईकल ठेलामा ठोक्किदा चालकको मृत्यु

Image
Nisarga Hospital

धनगढी: कैलालीको धनगढीमा मोटरसाईकल ठेलामा ठोक्किदा चालकको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिका-१८ “ई” गाँउ स्थित सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाईकल एक्कासी ठोक्किन गई बिहीवार साँझ दुर्घटना हुँदा मोटरसाईकल चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाईते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur