
अत्तरिया : नेकपा एमाले कैलालीको ९ औँ जिल्ला अधिवेशनका लागि गोदावरी नगरपालिका १२ वडा मध्ये १० वडाबाट प्रतिनिधि छनोट गरिएको छ । आज शनिबार गोदावरीका १० वडाबाट ५२ जना प्रतिनिधि सर्वसम्मत छनोट गरिएको हो ।

वडा नम्बर २ र ३ बाहेक अन्य सबै वडाबाट प्रतिनिधि छनोट गरिएको जनाएको छ। वडा नम्बर २ मा ६ जना प्रतिनिधिका लागि १५ जना आकांक्षी रहेका छन भने वडा नम्बर ३ मा ३ जनाका लागि ६ जना आकांक्षी रहेकाले सर्वसम्मत प्रतिनिधी छनोटमा समस्या भएको प्रतिनिधी छनोट सहजकर्ता नरेन्द्रराज शर्माले जानकारी दिए । उनले दुबै वडाबाट ९ जना प्रतिनिधिका लागि २१ जना आकांक्षीहरुले दरखास्त फाराम भरिसकेको र सहमतीको प्रयास जारी रहेकाले भोली आईतबार सम्म टुंगो लाग्ने दावी गरे ।
वडा नम्बर १ बाट ४ जना, वडा नम्बर ४ बाट ३ जना, वडा नम्बर ५ बाट ३ जना, वडा नम्बर ६ बाट ३ जना सर्वसम्मत छनोट भएका छन् । यस्तै वडा नम्बर ७ बाट २ जना, वडा नम्बर ८ बाट १ जना, वडा नम्बर ९ बाट १ जना, वडा नम्बर १० बाट १ जना, वडा नम्बर ११ बाट १ जना र वडा नम्बर १२ बाट २ जना सर्वसम्मत छनोट भएका प्रतिनिधी छनोट सहजकर्ता शर्माले बताए । यस्तै गोदावरीबाट दलित कलष्टरबाट २१ जना र जनजातिबाट १० जना प्रतिनिधीहरु सर्वसम्मत छनोट भएका छन् । कलष्टर प्रतिनिधी छनोट एमाले गोदावरीको पार्टी कार्यालय बनखेतमा भएको हो ।




झण्डै १९ सय बढी संगठित कार्यकर्ता रहेका गोदावरीबाट जिल्ला अधिवेशनको लागि ७८ प्रतिनिधि छनोट भएर जानेछन् । आज ५२ जना प्रतिनिधी छनोट भएका छन् भने ९ जना छनोट हुन बाँकी रहेका छन् । जसमा गोदावरीबाट हालको जिल्ला कमिटी सदस्यमा १७ जना स्वतः प्रतिनिधि हुनेछन् । जिल्ला कमिटी पदाधिकारीमा पनि गोदावरीबाट आधा दर्जनले आकांक्षा राखेका छन् । नेकपा एमाले कैलालीको ९ औं जिल्ला अधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुँदैछ । जिल्ला अधिवेशनको पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


































