फागुन २ गते माया मेट्रो अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गर्ने

Image
Nisarga Hospital

धनगढी: धनगढी उपमहानगरपालिका ३ चटकपुरमा रहेको माया मेट्रो अस्पतालले फागुन २ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको उपलक्ष्यमा रक्तदानको आयोजना गर्न लागेको अस्पतालले जनाएको छ ।

CP Hospital Dhangadhi

स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्यनजर गर्दै अस्पतालले तीन/तीन महिनाको अन्तरालमा रक्तदानको आयोजना गर्दै आइरहेको छ । सोही कार्यक्रम अनुसार फागुन २ गते रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

नेपाल रेडक्रस सोसाइटी धनगढीको सहकार्यमा हुने सो रक्तदान कार्यक्रमले केही मात्रामा भए पनि रगतको परिपूर्ति हुने अस्पताले विश्वास लिएको छ । रक्तदान कार्यक्रम बिहान १० बजेदेखि साँझ ३ बजेसम्म सञ्चालन हुनेछ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस अघि अस्पतालले दशैको उपलक्ष्यमा एक दिने रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको थियो सो दिन ५० जना भन्दा बढीले रक्तदान गरेका थिए । सय बेडको अस्पतालले चौबिसै घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे, एम. आर. आई, सिटी स्क्यान सेवा, आइसियु, एनआइसीयु, पीआइसीयु सेवा, वातानुकूलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको सेवा–सुविधा दिइरहेको छ ।

Dhnagadhi & Krishanapur