धनगढीमा ग्रासरुट क्रिकेट विकासका लागि खेलाडी छनोट सुरु

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रमको प्रशिक्षणका लागि प्रारम्भिक रुपमा खेलाडी छनोटको कार्य सुरु भएको छ । फूलबारी र जुगेडा केन्द्रबाट प्रारम्भिक रुपमा खेलाडी छनोटको कार्य सुरु गरिएको हो ।

CP Hospital Dhangadhi

प्रशिक्षणका लागि खुला रुपमा आवेदन आह्वान गरिएकोमा दुवै केन्द्रमा ७०\७० गरी १४० जनाले नाम टिपाएका छन् । जसमा छात्राहरुसमेत रहेका छन् । क्रिकेटको सहर धनगढीमा धनगढी उपमहानगरपालिकासंगको साझेदारीमा गो ड्रिमर्सले ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तर्गत प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।

प्रशिक्षणमा सहभागिताका लागि नाम टिपाएकाहरुलाई क्रिकेटर बनाउने जिम्मेवारी अब आफूहरुको काँधमा आएको धनगढी एफ्सीका अध्यक्ष सुवाश शाहीले बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur