धनगढी उपमहानगरपालिकाले सरस्वती पूजाको प्रसादमा रङ मिसाए कारवाही गर्ने

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको धनगढी उपमहानगरपालिकाले सरस्वती पूजाको प्रसादमा रङ मिसाए कारवाही गर्ने जनाएको छ ।

CP Hospital Dhangadhi

उपमहानगरपालिकाले आइतबार विद्यालयहरुलाई पत्राचार गर्दै सरस्वती पूजाको दिन प्रसादको रुपमा प्रयोग गरिने खाद्य वस्तुमा रङ र अखाद्य पदार्थहरु मिसावट गरिए प्रचलित कानुन अनुसार कारवाही हुने जनाएको हो ।

‘यस उप–महानगरपालिका अन्तर्गत सञ्चालित केहि विद्यालयहरुले सरस्वती पूजाको दिन प्रसादको रुपमा प्रयोग गरिने खाद्य वस्तुमा विभिन्न रङ र अखाद्य पदार्थहरु मिसावट गरिरहेको भन्ने जनगुनासो यस कार्यालयमा प्राप्त हुन आएकोले उक्त कार्य नगर्न नगराउन हुन यस उप–महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई जानकारीका लागि अनुरोध छ’ सामुदायिक तथा संस्थागत विद्यालयलाई गरिएको पत्रमा भनिएको छ ‘अन्यथा धनगढी उप–महानगरपालिकाको बजार व्यबस्थापन सम्बन्धी ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारवाहि भईजाने व्यहोरा जानकारी गरिन्छ ।’

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस वर्ष सरस्वती पुजा फागुन २ गते मनाइँदै छ । सरस्वती पुजा विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।

Dhnagadhi & Krishanapur