
बैतडी:

बैतडीको मेलौली नगरपालिका अन्तर्गत मेलौली भगवती माताको खेलकुद मैदानमा जारी १४ औँ बैतडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ भलिबल प्रतियोगिताको फाइनलमा सिगास गाउँपालिका विजयी भएको छ ।

आज भएको भएको फाइनल खेलमा सिगास गाउँपालिकाले दशरथचन्द नगरपालिकालाई २ / १ को सेटमा हराउँदै विजयी भएको हो ।































