
धनगढीः कैलालीकाे धनगढीमा श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप स्कुल फुटबल प्रतियाेगिता २०८० हुने भएकाे छ ।
दशरथ रंगशाला फागुन ६ गतेदेखि १० गतेसम्म हुने भएकाे हाे ।

प्रतियाेगिताका विजेताले ५० हजार र उपविजेताले २५ हजार रकमसहित ट्रफी, मेडल पाउने छन् ।
प्रतियाेगितामा उत्कृष्ट खेलाडीले ५०० रूपैयाँ प्राप्त गर्ने छन् ।
भाइचारा र खेलाडी पहिचान गर्ने उद्देश्यले प्रतियाेगिता गरिन लागेकाे लिट्ल फ्लावर बाेर्डिङ स्कुलका सञ्चालक रामचन्द्र शाहीले जानकारी दिए ।




प्रतियाेगितामा १० स्कुल सहभागी हुने उनकाे भनाई छ । उनका अनुसार नियमित अध्ययन गरिरहेकाे विधार्थि सहभागी हुन पाउने प्रावधान रहेकाे छ ।
साथै आजनै खेलतालिका सार्वजनिक भएकाे छ । खेल तालिका अनुसार पहिलाे खेलमा दुर्गालक्ष्मी सेकेन्डरी स्कुल र सैनिक आवासिय विधालयबिच पतिष्पर्धा हुने भएकाे छ।
खेलकुद समिति डाेटी अध्यक्ष प्रकाश शाहीले खेलाडी उत्पादनमा जाेड दिन जरूरी रहेकाे छ । प्रतियाेगिता धेरै भए र खेलाडी बाहिर जाने क्रम बढेकाे छ ।फुटबल एकेडेमीकाे खाँचाे छ । जुनियर लेवललाई प्राथमिकता दिनुपर्छ ।


































