
अत्तरिया : नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आइतबारबाट सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन सुखडमा उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पार्टी अध्यक्ष ओलीले लोकतान्त्रिक र मर्यादित ढङ्गले नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । अबको नेतृत्वले आगामी ८४ को निर्वाचनसम्म नेकपा एमालेलाई कैलालीमा पहिलो पार्टी बनाउने गरी काम गर्नुपर्ने उनको सुझाव छ ।

अध्यक्ष पदका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डे गरी तीन जनाले दाबी गरेका छन् ।
ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन् । उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् ।




सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, बक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जना आकांक्षी छन्। त्यस्तै २ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् ।


































