
अत्तरिया: गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको जेके माध्यमिक विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बोगटीको सभापतित्वमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट थिए ।

विद्यालयले ३२ औं वार्षिकोउत्सवकोे अवसरमा खेलाउदै आइरहेको खेलहरुमा विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा सहभागी प्रथम, दोस्रो र तेस्रो विद्यार्थीहरु लगायत अनुशासन, भाषा, कला, स्वच्छता जस्ता उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । वार्षिकोत्सवको सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले आफ्नो रोचक नृत्य, गीत, मन्तव्य संगै मनमोहक प्रस्तुति समेत झल्काएका थिए । वि.स २०४८ साल स्थापना भएको विद्यालयमा हाल नर्सरी कक्षा देखि १२ सम्म पठनपाठन गराउँदै आइरहेको छ । साथै स्थापनाकालदेखि विद्यार्थीको संख्या मात्र नभएर गुणस्तरिय शिक्षामा जोड दिदै आइरहेको विद्यालयमा ६ सय ५० सय जना विद्यार्थीहरु अध्ययन गर्दै आईरहेको विद्यालयका शिक्षक नवीन भट्टले जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नविन भट्टले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सन्तोष तिमिल्सिनाले र विद्यार्थीको तर्फबाट १० कक्षामा अध्यनरत विद्यार्थी प्रकृति कापडीले गरेकी थिईन् । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, बुद्धिजीवी, अभिभावकहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।






































