गोदावरीमा हिंसा प्रभावित महिला तथा बालबालिकालाई सेवा दिन श्रोत नक्सा बनाउन थालियो

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा हिंसा प्रभावित महिला तथा बालबालिकालाई सेवा दिन श्रोत नक्सा बनाउन थालिएको छ ।

CP Hospital Dhangadhi

निड्स नेपालको सुदूरपश्चिम बालविवाह निवारण परियोजना अन्तरगत नगरपालिकामा सेवा प्रदायकको सेवा नक्सांकन तथा एकीकृत सेवा सूची बनाउन थालिएको हो ।

परियोजनाकी सामाजिक विकास परिचालक लक्ष्मी कुमारी लुहारले लैङ्गिक हिंसा प्रभावित महिला तथा बालबालिकाहरूको सेवामा पहुँच पु¥याउनको लागि सेवा प्रदायकसँग छलफल तथा अन्तरक्रिया गरेर श्रोत नक्सा बनाउन लागिएको बताइन् । ‘गोदावरीमा काम गर्ने गैर सरकारी संस्था ३२ वटा रहेका छन ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यी संस्थाहरूले महिला तथा बालबालिकाको क्षेत्रमा केके सेवा दिदैँ आएका छन । कुनकुन संस्थाहरूले के सेवा दिइरहेका छन भन्ने कुराको नक्साङ्कन गर्दैछौ’ उनले भनिन् ‘यो श्रोत नक्सा बनाएर हामीले पालिकालाई हस्तान्तरण गर्छौ जसले हिंसा प्रभावितलाई सेवा प्रभावमा सहज हुने छ ।’

उनले नक्सा तयार पारेर त्यसलाई ठाउँठाउँमा होर्डिङ बोर्ड बनाएर टासिने बताइन् । सेवा नक्सांकन तथा एकीकृत सेवा सूची तयार गर्न बिहीबार अत्तरियामा हिंसा प्रभावित महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरू बीच छलफल गरिएको थियो ।

छलफलबाट अत्तरियामा क्षेत्रमा हिंसा प्रभावित महिला तथा बालबालिकालाई सेवा दिने संस्थाहरूको विवरण संकलन गरिएको परियोजनाका सुदूरपश्चिम प्रदेश संयोजक टेक विकले बताए ।

हिंसा प्रभावित महिला तथा बालबालिकालाई तत्काल र दीर्घकालिक गरी आश्रय, मनोपरामर्श, यातायात सेवा, स्वास्थ्य, जिविकोपार्जन, कानुनी सेवा र पुनर्मिलन लगायतका सेवा आवश्यक पर्ने भएपनि हाल यी क्षेत्रमा काम गर्ने सेवा प्रदायक हुँदा पनि समन्वयको अभावमा काम प्रभावकारी हुन सकेको छैन ।

जसका लागि श्रोत नक्साले सहजिकरण गर्ने जनाइएको छ ।

Dhnagadhi & Krishanapur