कैलालीमा राहादानी बनाउनेको तातीः ७ सय ४४ जना राहदानीको लाइनमा

Image
Nisarga Hospital

शारदा फुलारा/अत्तरिया: जिल्ला प्रशासन कार्यालय कैलालीबाट माघ महिनामा ६ सय १३ जनाले नागरिकता लिएका छन् । जस्मा २ सय ८४ महिला र ३ सय २२ जना पुरुष गरि ६ सय ६ जनाले वंशजको आधारमा नागरिकता लिएका छन् भने २ जनाले वैवाहिक अंगिकृत, २ जनाले गैरआवासिय,१ जनाले आमाको नामबाट नागरिकता लिएका छन् भने २ जनाले पतिको नामबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।

CP Hospital Dhangadhi

जोशीका अनुसार माघ महिनामा राहदानीको लाइनमा ७ सय ४४ जना देखीएका छन् । एक महिनाको अवधीमा राहदानीकालागि जिल्ला प्रशासन कार्यालयमा ७ सय ४४ जनाले फोटो खिचाएका छन् ।

“७ सय ४४ जनाले राहदानीकालागि फोटो खिचाएका छन्, जोशीले भने विभीन्न कुराहरु नमीलेको भन्दै माथीबाट कुनै क्यान्सील पनि हुनसक्छ,सबैको राहदानी आउँछ भन्ने हुँदैन ।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

जिल्ला प्रशासन कार्यालय कैलालीले राहदानी वितरणबाट माघ महिनामा मात्रै ३६ लाख १३ हजार रुपैँया राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आर्थीक वर्ष २०८०÷८१ का ७ महिनामा राहदानीबाट ३ करोड २७ लाख ३४ हजार २ सय ८० रुपैँया राजस्व संकलन गरेको छ ।

Dhnagadhi & Krishanapur