सरकारले संघट क्षेत्र घोषणा गरेका ठाउँका नागरीक संकट मै

Image
Nisarga Hospital

२०७८ साल कार्तिकमा गएको बाढीका कारण खप्तड छान्ना गाउँपालिकामा ठुलो धनजनको क्षती भयो । खेती योग्य जमिन बगरमा परिणत भए । धेरै स्थानीय बासिन्दाको उठिबास नै लाग्यो । भएको जग्गा जमिन र घर समेत खोलाले बगाएपछी अहिले उनिहरु घरको न घाटको बनेका छन् । धेरै जस्तो स्थानीय बासिन्दाहरु त आफ्ना छोरा छोरी सहित एक छाकको जोहो गर्न भारत प्रस्थान भई सकेका छन् । यस क्षेत्रको अनुगमन गर्नका लागी तत्कालीन प्रधानमन्त्रि शेर बहादुर देउवा, गृहमन्त्रि यस्तै प्रदेशका तत्कालिन मुख्यमन्त्रि, सभामुख तथा अन्य उच्च स्तरीय नेताहरुले अनुगमन समेत गरेका थिए । ठुलो आश्व्सन समेत यहाँका नागरीकहरुले प्राप्त गरे ।

CP Hospital Dhangadhi

२ बर्ष विती सक्दा समेत अहिले सम्म उनिहरुको पिडा जस्ताको त्यस्तै छ । अहिले पनी बाढी पिडीतहरुको बास स्थान सडक मै छ । भएको जग्गा जमिन हेर्दा सेताम्य बगर मात्रै देखीन्छ । यहाँका नागरीकहरुले राहातको ठुलो अपेक्षा गरे पनी राहात पाउन सकेनन् । अहिले सम्म राहातका नाममा प्रति परिवारले ३० हजार पाएको र त्यस भित्र पनी धेरै पिडीतहरु छुटेको खप्तडछान्न गाउँपालिकाका एम. आई. एस. अपरेटर ऐन बहादुर रोकायाले बताए । उनले भने धेरै जनाको सडकमा बास छ । त्यती बेला आएको बाढीले ६३ घर पुर्ण रुपमा क्षती भए । घरहरु नै बगरमा परिणत बने । पहिरोमा परी २ महिला ४ पुरुष गरी जम्मा ६ जनाले ज्यान गुमाए । ३ जना गम्भिर घाईत भएका थिए । ९ वटा सडकमा क्षती पुग्यो । १ वटा ट्रस्ट पुल १ वटा झोलुंगे पुल बगायो , १ सय १९ वटा सिचाई कुला जस मध्इे ३८ किलोमिटर सिचाईकुलो बग्यो ।

nawajiwan

६६ वटा खानेपानी पाईप तथा ट्याकी , गाई गोरु ४८ , भैसि रागा ६ वटा, भेडा बाख्रा ६७ वटा घोडा खच्चर २ कुखुरा चल्ला सहित १ हजार २ सय ५० , पाखरी का पालन माछा ६ हजार , १ हजार क्युन्टल धान बालिन , कोदो बालि ५ सय क्युन्टर फलफुल ५० क्युन्टल नष्ट भयो । यस भन्दा बढी पालिका भरीको काम नलाग्ने गरी १ सय हेक्टर खेतियोग्य जमिन बगरमा परिणत भयो । यस्तै बर्थिङ सेन्टर १ वटा लघुजलविद्युत आयोजना १ वटा, विद्यालय १ वटा २ वटा जीप, गरी झण्डै अरबौ मुल्य भन्दा बढीको क्षति भयो । तर आश्वसन थुप्रै ठाउँ बाट आए पनी आश्वसन मै सिमीत बन्न पुग्यो । अहिले सबै जनाले भुलि सके तर खप्तडछान्नाका बाढी पिडीत नागरीकहरुको अवस्था दर्दनाक बन्दै जान थालेको रोकायाले बताए’।

यता जिल्ला प्रशासन कार्यालय बझाङले दिएको जानकारी अनुसार बझाङ जिल्लाका ४ वटा पालिका जयपृथ्वी नगरपालिका , खप्तडछान्ना गाउँपालिका, विथ्थडचिर गाउँपालिका र थलारा गाउँपालिका गाउँपालिकालाई २०७८ साल मंसिर २२ गते संकट क्षेत्र घोषणा गरेको हो ।
मनसुनजन्य विपद प्रभावित कार्यविधी अनुसार यहाँका पिडीतहरुले पहिलो किस्ता बाफतको रकम ५० हजार पाउनु पर्ने देखीन्छ । तर संघिय सरकारले पहिलो किस्ता बाफतको रकम ३० हजार उपलब्ध गराएको भएपनी प्रदेश सरकार र स्थानीय सरकारले भने पिडीतलाई रकम उपलब्ध गराएको छैन । कार्य विधि अनुसार संघिय सरकार गाउँपालिकालाई ६० प्रतिशत र नगरपालिकालाई ५५ प्रतिशत अनुदान रकम उपलब्ध गराउनु पर्ने प्रावधान छ । यस्तै प्रदेश सरकारले नगरपालिकाको हकमा २५ प्रतिशत र गाउँपालिकाको हकमा ३० प्रतिशत रकम उपलब्ध गराउनु पर्ने प्रावधान छ ।

स्वयम् पालिकाहरुले बाँकी रहेको रमक पिडीतलाई उपलब्ध गराउनु पर्ने प्रावधान रहेको भएपनी यो कार्य विधि कार्यन्वयन नभएको पाईन्छ । यहाँका बाढी पिडीतहरुले पहिलो किस्ता बाफतको रकम समेत नपाएको गुनासो गरेका छन् ।

Attariya Hospital


“बिपद कोष दान पेटिका”
यस कुरा बाट पाठ सिक्दै खप्तडछान्ना गाउँपालिकाको १४ औ गाउँ सभा (हिउँदे अबिधेसन)को अवसरमा जिल्लाको खप्तडछान्ना गाउँपालिकाकाले बिपद कोष दान पेटिकाको सुरुवात गरेको छ । २०७८ असोज ३१ गते देखि कात्तिक २ गते देखि गएको बाढी र पहिरोका कारण गाउँपालिकामा ठूलो जनधनको क्षती भएपछि बिपदमा स्थानीयको समेत सहभागिता जुटाउन दान पेटिकाको सुरुवात गरिएको हो ।
दैबिक प्रकोपका कारण आपतकालिन अबस्थामा केही राहत तथा उद्धारका कार्यहरुमा सहयोग गर्नका पुर्व तयारी गरिएको हो । स्थानीय नागरिक, कर्मचारी , जनप्रतिनिधीका साथै गाउँपालिकामा हुने सबै कार्यक्रम हुन पुर्व बिपद दान पेटिकामा दान गरि सके पछि मात्र कार्यक्रम सुरुवात गर्ने गरि गाउँपालिकाको सभाहलमा बिपद दान पेटिका राख्ने गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बताए ।

उनले बिगतमा गाउँपालिकाले दैविय बिपत्ती ठूलो क्षती ब्यहोर्नु परेकाले बिपदमा स्थानीयको अपनत्व होस र सबैको सहभागितामा बिपदमा जुट्नका लागी अपनत्व समेत हुने भएकाले दान पेटिकाको सुरु गरेको बताए उनले भने ‘दान पेटिकामा गाउँ सभामा उपस्थित जनप्रतिनीधी , कर्मचारी अन्य स्थानीय, समाजसेवि शिक्षक, विद्यार्थि तथा पत्रकार आदीहरुले आ– आफुले सक्ने जती आर्थिक दान गर्नु भएको थियो । दान पेटिकामा गाउँपालिकाको कन्टीजेन्सी रकमको १ प्रतिसत रकम समेत बिपद कोषमा जम्मा गरिने रोकायाले बताए । विपदमा एक्लै पालिकाले मात्रै गरेर केही नहुने भएका कारण स्थानीयको सहभागीता साथ आवष्यक पर्ने हुँदा सो कुरालाई मध्येनजर गर्दै दान पेटीकाको सुरुवात गरीएको बताए’ ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर नेपाली भने , “गाउँपालिकामा बिपद कोषको खाता संचालन समेत भई सकेकाले दान पेटिकामा गाउँपालिकामा हुने बैठक , अन्य तालिम गोष्ठीको र अन्य कार्यक्रम सुरुवातमा नै दान पेटिकामा सबैले सक्ने जती अनिवार्य सहयोग गर्ने खालको नियम बनाएका छौ । गाउँपालिकाका सबै कन्टीजेन्सी रकमको एक प्रतिसत बिपद कोषमा जम्मा गर्ने र सोही दान पेटिका समेत बर्षको एक पटक सबैको रोहवरमा खालेर जम्मा भएको पैशा बिपद कोषमा जम्मा गर्ने लक्ष्य पालिकाले लिएको बताए”।

संकट मै नागरीक
बाढी पहिरोले विछिप्द भएका खप्तडछान्ना गाउँपालिकाका नागरीकहरु मात्रै नभई जयपृथ्वी नगरपालिका, विथ्थडचिर गाउँपालिका, मष्टा गाउँपालिकाका बाढी पहिरो पिडीतहरुको पिडा दिनानु दिन बढ्दै जान थालेको छ । तत्कालिन समयमा सामान्य एक छाकको जोहो गर्नका लागी विभिन्न गैर सरकारी संघ संस्था र पालिकाहरुले दिएको भए पनी विस्तारै समस्या थपिदै गएको स्थानीय बाढी पिडीत प्रेम खाती ले बताए । उनले भने भएको जग्गा जमिन घर सबै बाढीले बगायो । खेती योग्य जमिन बगरमा परिणत बनेको छ । अहिले त एक छाकको जोहो गर्न पनी समस्या भएको छ । गाउँका मैजस्ता धेरै बाढी पिडीतहरु अहिले भारतमा रोजगारीको खोजीमा गई सकेका छन् ।

धेरै बाट ठुल ठुला आश्वसनका पोका पाएका थियौ । तर राहतको नाममा सुक्को पनी पाएनौ । २ बर्ष पुरा भई सक्यो । राहतको पर्खाईमा बसेर नै आफ्नो जीवन जाने हो की ? अब त आशा पनी मरी सक्यो । अहिले हामीहरु ज्याला मजदुरी गरेर एक छाकको जोहो गरी रहेका छौ । सरकारका ठुला ठुला मान्छे आएका थिए । हेलिकोप्टरमा धेरै जनाले यहाँको अवलोकन समेत गरेका थिए । तर राहात पाईएला भन्दा भन्दै २ बर्ष गएको पनी आफुलाई पत्ताृ नभएको भन्दै आफुहरु अझै आशामा रहेको बताए । तर आएकाहरु भने सबै जना विर्सि सकेको हुन सक्ने र अहिले त आशा पनी मरी सकेको भन्दै उनले दुःख ब्याक्त गरे । उनि जस्तै यहाँका हरेक नागरीकहरुले सरकारले आफुहरुलाई नहेरेको गुनासो गरे । संक क्षेत्र घोषण गरेको भए पनी आफुहरु नै संकटमा परेको तर कुनै सहयोग नमिलेको बताए’ ।