साउन १५ मा घरघरमा खिरको स्वाद, आठौँ राष्ट्रिय खिर दिवस उत्साहका साथ मनाइँदै

Image
Nisarga Hospital

नेपाली समाजमा साउन १५ को अवसरमा परम्पराअनुसार आज घरघरमा खिर खाएर आठौँ राष्ट्रिय खिर दिवस मनाइँदै छ। असार १५ मा दही–चिउरा खाने परम्परापछि साउन १५ मा तातो खिर खाने चलन प्राचीनकालदेखि कायम छ। साउने झरीको समयमा दूध, चामल र गरम मसला मिसाएर बनाइने खिरले शरीरलाई ऊर्जा दिने, रोगप्रतिरोधात्मक क्षमता बढाउने र स्वास्थ्यका लागि लाभदायी हुने विश्वास गरिन्छ।

CP Hospital Dhangadhi

संस्कृतमा ‘पायस’ भनिने खिरलाई सात्विक तथा उत्तम आहारका रूपमा लिइन्छ। साउनमा गाईभैँसीले प्रशस्त दूध दिने भएकाले परिवार, इष्टमित्र र छोरीचेलीलाई बोलाएर खिर खुवाउने परम्परा रहिआएको छ। धार्मिक रूपमा पनि साउन भगवान् शिवको प्रिय महिना भएकाले देवता र पितृलाई खिर अर्पण गरेर मात्र खाने चलन छ। चामलका साथै साबुदाना, सेवई, मकै वा गाजरको खिर बनाउने प्रचलन पनि रहेको छ।

Attariya Hospital

खिरको सांस्कृतिक तथा पोषणीय महत्त्व संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘राष्ट्रिय खिर दिवस’का रूपमा मनाउन थालेको हो। पोषणविद्हरूका अनुसार प्रशोधित दूधबाट बनेको खिर शरीरका लागि ऊर्जा, प्रोटिन र आवश्यक पोषक तत्त्वको राम्रो स्रोत मानिन्छ।

nawajiwan