देशभर मनसुन सक्रिय, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले अधिकांश क्षेत्रमा बदली र वर्षाको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली छ भने मधेस प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा तथा गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Attariya Hospital

आज राति पनि देशभर बदली रहने अनुमान गरिएको छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकीका पहाडी तथा तराईका केही स्थान, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशीको पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र र सडक यात्रामा विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

nawajiwan