
काठमाडौं: गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।


‘नयाँ नयाँ क्रम भंगे गर्दै अगाडि बढ्ने जात हो माओवादी,’ उनले भने, ‘आज उथल पुथल गरेको छु राजनीतिमा ।’
उनले आफूलाई सिध्याउन नखोज्न चेतावनीसमेत दिए । ‘म रहँदासम्म देशमा उथल पुथल भइरहन्छ,’ उनले भने, ‘मलाई सिध्याउन नखोजे हुन्छ ।’ आजको अन्तरक्रिया कार्यक्रममा प्रचण्डसँगै अन्य वामपन्थी नेताहरू सहभागी छन् ।

































