राजनितिक परिवर्तन सँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी

Image
Nisarga Hospital

कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर एमालेसहित बनेको नयाँ गठबन्धनको बैठकमा सहभागी भएर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी आफ्नो पार्टी सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकबाट बाहिरिँदै उनले आजै सानो मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका हुन् ।

CP Hospital Dhangadhi

तर, आज मन्त्रिपरिषद् पुनर्गठन हुँदा नागरिक उन्मुक्ति पार्टी भने सहभागी हुने सम्भावना नरहेको बताए । उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको पनि उनले बताए ।

अध्यक्ष चौधरीले केन्द्रमा आफ्नो मन्त्री नै रहेको र केही प्रदेशहरूमा पनि पकड राम्रो रहेको उल्लेख गर्दै पार्टीको बैठक बसेर निर्णय सार्वजनिक गर्ने बताए । तर, उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक भएकैले पनि नयाँ बन्ने गठबन्धनमा नाउपाको महत्त्व रहने बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नयाँ बन्ने सत्ता समिकरणमा सहभागी हुने बताएका चौधरीले आफ्ना माग र मुद्दालाई सम्बोधन गराएर मात्र कदम अगाडि बढाउने जानकारी दिए।

Dhnagadhi & Krishanapur