इटहरी- धरान सडक निर्माण सुस्त हुँदा दुर्घटना बढ्दो

Image
Nisarga Hospital

कोशी राजमार्गको रानी-विराटनगर-इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान-इटहरी सडकको सेउती-पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् ।

CP Hospital Dhangadhi

धरानको सेउतीपुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किलोमिटर सडक निर्माणमा ढिलाई हुँदा यात्रुलाई समस्या भएको छ ।लामो समयदेखि जताततै सडक भत्काइएको छ । वर्खामा हिलो र हिउँदमा धुलोले यात्रा गर्न कठिन हुने गरेको छ । सडक  भत्किएर खाल्डाखुल्डी हुँदा दुर्घटना बढिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८-७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटना भएका थिए । दुर्घटनामा परेर ६ जनाको ज्यान गएको थियो भने ८८ जना घाइते भएका थिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नेपाल टेलिभिजन बाट

Dhnagadhi & Krishanapur