पार्टी अध्यक्षको वैधानिकता नपाएपछि रेशम चौधरीले लेखे, ‘पार्टी सिद्ध्याउने खेल, म मरेको छैन’

Image
Nisarga Hospital

अत्तरिया : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूलाई पार्टीको अध्यक्षको वैधानिकता नदिएको प्रति कडा टिप्पणी गरेका छन् । उनले त्यसलाई पार्टी सिद्ध्याउने खेल भएको बताएका छन् ।

CP Hospital Dhangadhi

‘नागरिक उन्मुक्ति पार्टी सिद्ध्याउने खेल । हामी हरेस खान्नौँ । पटक पटक न्याय मरे पनि म मरेको छैन । चाल बुझेको थिएँ,बाघचाल हो भन्ने थाहै भएन ’ उनले खेलेका छन्, ‘बाघ बूढो भएपछि बस्तीमा पस्छ रे,बस्तीमा गोरु खान पल्केका सबै बाघ बनमै फर्किन्छन् भन्ने कुनै ग्यारेन्टी हुन्न ।’ दुई महिना पहिले कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट रेशम अध्यक्षमा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए ।

तर, आज निर्वाचन आयोगले आज उनलाई अध्यक्षको वैधानिकता दिएन र रन्जिता श्रेष्ठकै कार्यसमितिलाई सदर गरेको छ । अध्यक्षको वैधानिकता नपाएपछि रेशम चौधरीले पटक पटक न्याय मरे पनि आफू नमरेको टिप्पणी गरेका छन्

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur