एमालेले माग्यो मुख्यमन्त्री शाहको राजिनामा

Image
Nisarga Hospital

एमालेले सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको राजिनामा मागेको छ । सरकार अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने एमालेले अडान राखेको छ । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभा भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहको राजीनामा मागेका हुन् । एमाले दलका नेता रावलले भने ‘मुख्यमन्त्री शाह अल्पमतमा परिसकेकाले उहाँ“ले नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिनु पर्छ ।’

CP Hospital Dhangadhi

उनले आफू अल्पमतमा पर्दा राजीनामा दिएको स्मरण गराउँदै उनले वर्तमान मुख्यमन्त्री शाहलाई पनि त्यस्तै गर्न सुझाव दिएका हुन् । दुई दिन पहिले मुख्यमन्त्री शाहले माओवादीका तीन मन्त्रीलाई र आज नेकपा एकीकृत समाजवादीका एक मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यस लगत्तै दुबै दलले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

Dhnagadhi & Krishanapur