
बिहीबार राती २ बजे मध्यरातमा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी माथि आक्रमण प्रयास गरिएको घट्नाको नेकपा एमाले गाउँ कमिटि मार्माले बिरोध जनाएको छ ।

एमाले मार्मा गाउँपालिका इन्चार्ज खेमराज जोशी , गाउँपालिका अध्यक्ष पुष्कर सिंह बिष्ट र सचिव सुरेन्द्र बहादुर सिंहले संयुक्त रूपमा जारी गरेको विग्यप्तीमा घट्नामा संलग्न लाई छिटो अनुसन्धान गरि कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन अनुरोध गरेका छन । विगतमा समेत पौष महिनामा शिक्षा शाखामा ढुङ्गा हानेर नोक्सान पुर्याउदा गाउँपालिका र स्थानीय प्रशासन मौन रहेको समेत उल्लेख गरिएको छ ।
अन्यथा नेकपा एमालेले घट्नाको प्रतिरोधमा उत्रिने चेतावनी समेत दिईएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी आफु बस्दै आएको क्वाटरको झ्यालबाट हाम फालेर भाग्दा ज्यान जोगाउन सफल भएका थिए । प्रमुख प्रशासकीय अधिकृत भागेपछि उनि बस्दै आएको क्वाटरमा आगजनी समेत गरिएको थियो । गाउँपालिकाले आफ्नो क्षेत्रमा हुने अवैध मदिरा व्यापार नियन्त्रण गर्ने र अवैध क्रसरहरूलाई संचालनमा रोक लगाउने निर्णय गरेपछि प्रमुख प्रशासकीय अधिकृत माथि यसरी आक्रमणको प्रयास गरिएको थियो ।




जिल्ला प्रहरी कार्यालयले हाल सम्म अनुसन्धान गरिरहेको भने पनि कसैलाई नियन्त्रणमा लिईसकेको छैन । मार्मा गाउँपालिका सुरक्षाका दृष्टिकोणले दार्चुलाको संवेदनशील क्षेत्रमा पर्दछ ।
विगतमा समेत 2064 सालको संविधान सभा निर्वाचनको प्रचार प्रसारको क्रममा नेपाली काँग्रेसका नेता तथा हाल दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडु माथि ढुङ्गामुढा र आगजनी गर्दै आक्रमण गरापछि बडु सख्त घाईते भएका थिए । उक्त समयमा बडुको ज्यानै लिने नियतले आक्रमण गरिए पनि भाग्यवस ज्यान जोगाउन सफल भएका थिए ।
सम्बन्धित समाचार ः-
दार्चुलाको मार्मा गाउँपालिकाको प्रशासकीय अधिकृत माथी मध्यरातमा आक्रमणको प्रयास



































