बैतडी घर भएका सेनाका पाइलट बिष्ट अस्ताए

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्ख्यौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्व कर्नेल (रिटार्यड) को निधन भएको छ। आज (शुक्रबार) हाल काठमाडौंमा बस्दै आएका पूर्व कर्नेल सुवर्ण बिष्टको निधन भएको हो।

CP Hospital Dhangadhi

स्रोतका अनुसार हृदयाघात भएर उनको निधन भएको हो। उनी बिहान आफैं गाडी चलाएर अस्पताल गएका थिए। उनी केही दिनअघि भाईरल ज्वरोबाट ग्रसित थिए। उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाईलट हुने पुराना पाँच जनामध्ये पर्छन्।

उनी नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) हुन्। स्वर्गीय बिष्टका एक छोरा र एक छोरी र पत्नी छन्। उनको आज राति पशुपती आर्यघाटमा दाहसंस्कार गरिने बताईएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur