
डोटीको आदर्श गाउँ पालिका ४ पातल हाल कृष्णपुर नगरपालिका वडा नम्बर ८ मौरिफाँटा निवासी वर्ष ३८ का टेक बाहादुर रोकाया भारतको तामिलनाडु राज्य चेन्नाइमा मृत अवस्था भेटिएका छन ।

नेपाली नागरिक्तामा टेक बहादुर रोकाया भएपनी गाउँ घरमा चलन चल्तीको नाम श्याम रोकाया भनेर बढी चिन्ने गरेको सुदुरपश्चिमेलि नेपाली समाज भारत तामिलनाडु राज्यका अध्यक्ष ईन्द्र बहादुर रोकायाले जानकारी गराए । डाक्टरको पोस्ट मार्टम रिपोर्टमा हुनको हिर्दयघातका कारण मृत्यु भएको लाल बहादुर बिकले जानकारी गराए ।
रोकायाको शव चेन्नाइ देखी लखनउ सम्म हावाजहाजमा पठाउने व्यवस्था मिलाएको राती ११ बजे यता बाट लखनउ जाने सुदुरपश्चिमेलि नेपाली समाज भारत तामिलनाडु राज्य सह संरक्षक भिम रसाइलीले जानकारी गराए । उक्त सुदुरपश्चिमेलि नेपाली समाज भारतको चेन्नाइ मात्रै नभएर नेपालमा समेत निस्वार्थ समाजिक काम गर्दै आएको छ ।







































