नेपाल शिक्षक संघ गोदावरी नगरपालिकाको ५ औं प्रतिनिधि सभा सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया: नेपाल शिक्षक संघ गोदावरी नगरपालिकाको ५ औं प्रतिनिधि सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ द्वारा आयोजित कार्यक्रमा नगर समितिका अध्यक्ष पुष्कर राज भट्टको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथिमा गोदावरी नगरपालिका का नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

CP Hospital Dhangadhi

कार्यक्रममा अध्यक्ष पुष्कर राज भट्टले नगर कार्यसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा उनले पछिल्लो एक वर्षको अवधिमा शिक्षक हक हितका लागि धेरै केही काम भएको बताए ।

उनले नगर शिक्षक, बाल विकासका शिक्षकको सेवा सुविधा थप गर्नको लागि शिक्षक सङ्घले पहल थालेको बताए । उनले नगर शिक्षकका विषयमा आफूहरू पटक पटक आवाज उठाइरहेको बताए ।

नगरमा शिक्षक दरबन्दी मिलानका लागि घर पाई हुने गरी मिलाइदिन नगरपालिका सँग माग गरिएको बताए । हाल गोदावरी नगरपालिकाले दरबन्दी मिलानको काम अगाडि बढाएको भए पनि नयाँ शैक्षिक सत्र देखि लागु हुने जनाइएको छ । गोदावरी नगरपालिकामा हाल ३३९ जना नेपाल शिक्षक सङ्घको नगर समितिमा आबद्ध रहेका छन् ।