
साउदीको कम्पन्नीमा आएका कुमार राईले सम्झौता अनुसारको सेलरी न पाउँदा मेनपावर र संम्बधित निकायमा बारम्बार गुहार गर्दा सुन्वाइ न भए पछि कम्पन्नी छोडेर अर्को कम्पनीमा सीप अनुसार को पारश्रमिक पाउने उदेश्यले कम्पनी छोडेका बताए ।

कम्पन्नी छोड्ने बितिक्कै कम्पनी ले १०००० साउदी रियाल फाइन हानेको हुदा उहाले नेपाल फर्कन पाएका थिएनन । ७ बर्ष बित्दा सम्म कुनै उपाय न लागे पछि सुदुर पश्चिममेलि सेवा समाजका उपाध्यक्ष चक्र मल्ल संग सम्पर्क भएको र उहाँ मार्फत नै नेपाली राजदुतावास साउदी शीत सहकार्य गर्ने माध्यम बनेको उहाको भनाइ छ ।




सुदुर पश्चिमेलि सेवा समाजका उपाध्यक्षले नेपाली एम बि सि सँग सहकार्य गरी आफूले पनि सो कम्पनी को साहु शीत सम्पर्क गरि १०००० तिर्न न सक्ने र केही राहत दिनु पर्ने माग गर्दा साहुले सो माग लाई आत्मासाथ गरि ८००० साउदी रियाल जरिवाना तिराएर आज नेपालका लागि ( Exit visaa ) लगाइ दिएको जानकारी गर्दछौ ।
भिसा मात्र लाग्यो तर पीडित कुमार राई शीत नेपाल जान एयरलाइन्सको टिकटको लागि आर्थिक नहुदा सुदुर पश्चिमेलि सेवा समाजका उपाध्यक्ष चक्र मल्ल र नेपाल कम्युनिस्ट पार्टी महासचिव बिपल्ब सिह निकट पर्बासि संगठन नेपाली जनप्रगतिसिल मोर्चा साउदीका अध्यक्ष मिलन सिहले पिडित कुमार राईको एयरलाइन्सको टिकट सहित नेपाली काठमाडौ होटेल दमाममा खाना नास्ता सहित दोसल्ला ओडाइ भब्य तरिकाले बिदाइ गरेका छन ।




































