
आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैं सक्रिय भूमिकामा रहन सफल एक समाजसेवी महिला आशा गुरुङले कैलाली जिल्ला चुरे गाँउपालिका वडा नं –२, खैराला स्थित श्री केदारेस्वर आधारभुत बिधालयमा अति बिपन्न, जेहन्दार तथा आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीहरु लाई शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाउनु भएको छ ।


कास्कीको बिहाडी गाउँपालिका वडा नं ४ बडकी लौकी घर भई हाल साइप्रस कर्मथलो बनाउदै आउनु भएकि आशा गुरुङको जन्मउत्सबको अवसरमा श्री केदारेस्वर आधारभुत बिधालयका करिब ५० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेर उहाँको जन्मदिन मनाईएको सामाजिक अभियान्ता लक्ष्मी बोगटीले बताउनु भयो ।

लक्ष्मी बोगटी कुवर सामाजिक अभियान्ता चरम गरिबीका कारण पठनपाठनमा समस्या परेका, आर्थिक अभावका कारण उचित शिक्षा पाउन बन्चित भएका लगायत विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने आशा गुरुङले आफ्नो बिद्यालयमा गरेको सहयोग प्रति हाभारी रहेको प्रधानाध्यापक वीर बहादुर तारामिले जानकारी दिनुभयो ।





वीर बहादुर तारामि प्रधानाध्यापक केदारेस्वर आधारभुत बिधालय उक्त कार्यक्रममा गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी(बाजे), हिमाल साउद,किरन क्षेत्रि र वडा नं –२ का वडा अध्यक्ष केशव साउद र बिधालय का प्र.अ. वीर बहादुर तारामि ज्युको उपस्थितिमा स्कुलका ब्याग लगायत शैक्षिक सामाग्री हस्तान्तरण गरि जन्मउत्सव मनाईएको हो ।



































