धनगढीमा खुल्यो आधुनिक पानी फिल्टर र इन्टेरियर डेकोरेशनका लागि क्लासिक इन्टरप्राइजेज

Image
Nisarga Hospital

आधुनिक पानी फिल्टरको आधिकारिक बिक्रेता क्लासिक इन्टरप्राइजेजको धनगढीमा साखा सञ्चालन भएको छ । धनगढी उप-महानगरपालिका वडा नम्बर ८ क्याम्पसचोक नजिक क्लासिक इन्टरप्राइजेजको साखा सञ्चालन भएको हो ।

CP Hospital Dhangadhi

धनगढीका रुद्र थापा र नविन थापाको सयुक्त लगानीमा इन्टरप्राइजेज सञ्चालनमा आएको हो । आज एक कार्यक्रमका बिच प्रदेश खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीका प्रमुख इन्जिनियर गणेस प्रसाद उपाध्यायले साखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका इन्जिनियर दाताराम जोशी, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, धनगढीका निबर्तमान नगर प्रमुख नृप बहादुर वड लगायतको उपस्थिती थियो ।

साखाको कार्यकारी निर्देशकमा आजै रोशन पन्तलाई नियुक्त गरिएको छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको क्लासिक इन्टरप्राइजेजको धनगढीमापनि साखा सञ्चालन भएको कार्यकारी निर्देशक पन्तले बताए । हामी पानी फिल्टर र किचन तथा घरको भित्रि सजावटको काम गर्ने गरेका छौँ पन्तले भने “पछिल्लो समय अशुद्ध पानीकै कारण मानिसहरु बिभिन्न रोगको सिकार बनिराख्नु भएको छ।

त्यस कारण शद्ध पानीकै लागी हामीले पानी फिल्टरको ब्यवसाय थालेका छौँ, फिल्टरको मात्रै ब्यवसाय गर्ने सुदुरपश्चिममै हामी पहिलो हौँ सायद, हामीसंग दक्ष प्राबिधिक हुनुहुन्छ, फिल्टर निशुल्क जडान गर्नुका साथै आजिवन निशुल्क सर्विसको समेत सुबिधा छ ।” फिल्टरका साथै घर भित्रि सजावटका लागीपनि दक्ष प्राबिधिक भएकाले सोचे अनुसारको सजावट गरिने पन्तले बताए । यो महिनाभित्र खरिद गर्ने ग्राहकलाई फिल्टरमा बिषेश छुट समेत राखिएको उनले जानकारी दिए ।