क्लासिक इन्टरप्राइजेज धनगढी शाखको कार्यकारी निर्देशकमा पन्त नियुक्त

Image
Nisarga Hospital

आधुनिक पानी फिल्टरको आधिकारिक बिक्रेता क्लासिक इन्टरप्राइजेजको धनगढीमा साखा सञ्चालन भएको छ ।

CP Hospital Dhangadhi

धनगढी उप-महानगरपालिका वडा नम्बर ८ क्याम्पसचोक नजिक क्लासिक इन्टरप्राइजेजको साखा सञ्चालन भएको हो ।साखाको कार्यकारी निर्देशकमा आजै रोशन पन्तलाई नियुक्त गरिएको छ ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको क्लासिक इन्टरप्राइजेजको धनगढीमापनि साखा सञ्चालन भएको कार्यकारी निर्देशक पन्तले बताए । हामी पानी फिल्टर र किचन तथा घरको भित्रि सजावटको काम गर्ने गरेका छौँ पन्तले भने “पछिल्लो समय अशुद्ध पानीकै कारण मानिसहरु बिभिन्न रोगको सिकार बनिराख्नु भएको छ।

त्यस कारण शद्ध पानीकै लागी हामीले पानी फिल्टरको ब्यवसाय थालेका छौँ, फिल्टरको मात्रै ब्यवसाय गर्ने सुदुरपश्चिममै हामी पहिलो हौँ सायद, हामीसंग दक्ष प्राबिधिक हुनुहुन्छ, फिल्टर निशुल्क जडान गर्नुका साथै आजिवन निशुल्क सर्विसको समेत सुबिधा छ ।”

फिल्टरका साथै घर भित्रि सजावटका लागीपनि दक्ष प्राबिधिक भएकाले सोचे अनुसारको सजावट गरिने पन्तले बताए । यो महिनाभित्र खरिद गर्ने ग्राहकलाई फिल्टरमा बिषेश छुट समेत राखिएको उनले जानकारी दिए ।