जनकल्याण इंग्लिश स्कूल तेघरीले मनायो रजत जयन्ती

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा रहेको जनकल्याण इंग्लिश स्कूलले रजतजयन्ती तथा वार्षिक उत्सवका साथसाथै अभिभावक दिवस पनि मनाएको छ । सोमबार स्कूलले २५ औं वार्षिक उत्सव, रजत जयन्तीसंगै जनकल्याण म्यागजिन (स्मारिका) समेत विमोचन गरेको हो ।

CP Hospital Dhangadhi

समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी रहेका थिए । स्कूलले २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा ईतिहास, शैक्षिक विवरण, विद्यार्थी तथा शिक्षा क्षेत्रका लेख रचनाहरु समावेश गरिएको जनकल्याण म्यागजिन (स्मारिका) विमोचन गरेको हो । यस्तै सांस्कृतिक, मनोरञ्जनात्मक कार्यक्रम आयोजनाका साथै पुरस्कार वितरण समेत गरेको छ ।

स्कूलले रजत जयन्तीको अवसर पारेर अत्तरिया क्षेत्रका शिक्षा, स्वास्थ्य, सामाजिक, सञ्चार लगायत विभिन्न क्षेत्रमा लामो समयदेखी सामाजिक अभियन्ताका रुपमा कार्य गर्दै आइरहेका व्यक्तित्वहरूलाई सम्मान गरेको छ । साथै समारोहमा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भेषभुषा झल्काउने ‘कल्चरल शो’, मनमोहक नृत्य लगायतको प्रस्तुति राखेका हुन ।

बास्कोटा न्यू जनकल्याण एकेडेमीका प्रिन्सिपल प्रकाश मल्लको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका माया ओझाले गरेकी थिईन् । २०५४ सालमा ३२ जना विद्यार्थीहरुबाट सञ्चालन ल्याएको विद्यालयमा हाल ५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आइरहेको छन् । विद्यालयमा २४ जना शिक्षक, शिक्षिका कार्यरत रहेका सञ्चालक योगेन्द्र हमालले जानकारी दिए । विद्यालय नर्सरी कक्षा देखि १० कक्षा सम्म पठनपाठन गर्दै आइरहेको छ ।

साथै २०६३ साल देखि गोदावरी नगरपालिका वडा नं ४ बास्कोटामा न्यू जनकल्याण एकेडेमी सञ्चालन गरी कक्षा ७ सम्म अध्यापन गराउँदै आइरहेको हमालले बताए । उनले विद्यालयमा २ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् भने १४ जना शिक्षक कर्मचारी कार्यरत रहेको बताए ।

हमालले विद्यालयले धेरै जस्ता राम्रा, कलिला मुनाहरु उत्पादन गरेका छन् जुन देश विदेश गएर आफ्ना आमाबुवाको साथै यस जनकल्याण स्कूलको नामसंगै आफ्नो शिर ठाडो गर्न सफल भएको उल्लेख गरे । उनले विद्यालयमा अध्ययन गरीसकेका धेरै जस्ता विद्यार्थीहरु शैक्षिक संस्था, बैंकिङ, नेपाल सरकारको कुनै कार्यालय, वैदेशिक राष्ट्र साथै मेडिकल क्षेत्र लगायत विभिन्न सेक्टरमा कार्यरत रहेको देख्दा आफूले खुसी तथा गर्भ महसुस हुने गरेको अनुभव सुनाए । प्रिन्सिपल हमालले विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयले निःशुल्क पढाउने व्यवस्था समेत गरेको जानकारी गराए ।