चैत्र ३ गतेदेखि धनगढीमा भेट्रान कप क्रिकेट प्रतियोगिता हुने

Image
Nisarga Hospital

धनगढीमा चैत्र ३ गतेदेखि अनुपमा कर्पोरेट लिग भेट्रान कप क्रिकेट प्रतियोगिता हुने भएको छ। आगामी चैत्र ३ गतेदेखि ११ गतेसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित चन्द्र सुर्य खेल मैदानमा भेट्रान कप आयोजना गरिने भएको हो।

CP Hospital Dhangadhi

धनगढी पुरानो भन्सार रोडमा रहेको अनुपमा बेकरी एण्ड क्याफेको आयोजनामा होली पर्वको अवसरमा ३३ बर्ष पुगेका खेलाडीलाई सहभागि गराउने गरि प्रतियोगिता आयोजना भइरहेको आज आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। पत्रकार सम्मेलनमा प्रमुख अतिथी तथा धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले क्रिकेटमा नीजी क्षेत्रबाट भइरहेको प्रयास सर्हानिय रहेको बताएका छन्।

खेलका लागि सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताएका छन्। प्रतियोगिताको विजेतालाई नगद रु ५० हजार र उपविजेताले २५ हजार प्रदान गरिने प्रतियोगिता संयोजक तथा अनुपमा बेकरीका सञ्चालक दिनेश पन्तले बताए। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु १० हजार,उत्कृष्ट व्याटर र बलरलाई जनही ५ हजार प्रदान गरिने छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भने प्रतियोगितामा आर्कषण रुपमा ६ बलमा ६ छक्का प्रकार गर्ने खेलाडीलाई रु ६ हजार,६ बलमा ६ चौका प्रहार गर्ने खेलाडीलाई ४ हजार र ह्याट्रिक लिने बलरलाई ३ हजार पुरस्कार दिइने उनले बताएका छन्।२०४७ साल सम्मको नागरिकता भएका खेलाडीले मात्र खेल्न पाउने व्यवस्था गरिएको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ८ वटा टिमहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। भने प्रतियोगितामा सहभागिताको लागि १२ हजार टिम दर्ता शुल्क निर्धारण गरिएको छ। अनुपमा बेकरीको मूख्य प्रायोजन रहेको भेट्रान कप क्रिकेट केही पुर्व खेलाडीहरुको समूहले व्यक्तिगत लगानीमा सञ्चालन गर्ने बताइएको छ।

Dhnagadhi & Krishanapur