
कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ मा रहेको कृष्ण प्रणामी सेवा धाममा आयोजित श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ सम्पन्न भएको छ । फागुन २२ गते देखि सञ्चालित महायज्ञ सोमबार नगरप्रमुख हेम राज ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कृष्ण प्रणामी सेवा धामको संरक्षण र प्रचारप्रसार गर्न महायज्ञ आयोजना गरिएको थियो । समापन कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले कृष्ण प्रणामी सेवा धाममा हरेक वर्ष महायज्ञ आयोजना गरिने गरिएको बताए ।
उनले धार्मीक गतिविधि बढाउन यस्ता महायज्ञले सहयोग पुग्ने बताए । ‘यो ठाउँलाई राम्रो धार्मीक पर्यटकिय क्षेत्र बनाउनका लागि के गर्ने सकिन्छ भनेर नगरपालिकाले सोचिरहेको छ’ उनले भने ‘हामीले यो महायज्ञलाई पनि सहयोग गर्छौ ।’




























