को हुन त नेकपा एमाले बैतडी जिल्ला उप-सचिव निर्वाचित पार्वती भट्ट? यस्तो छ राजनितिक इतिहास

Image
Nisarga Hospital

२०४० सालमा बैतडी जिल्लाको तत्कालीन सलेना गाविस वडा नम्बर ४ सेलीको गरिब परिवारमा जन्मिनु भएकी थिन् पार्वती भट्ट। आफ्नो प्राथमिक शिक्षालाई नजिकैको सुदर्शन माध्यमिक विद्यालय र धर्मघर माध्यमिक विद्यालयमा अध्ययन गरेर आधारभूत तह र माध्यमिक तह भने श्री केदारेश्वर माध्यमिक विद्यालयमा अध्ययन गरेकी भट्ट प्रवीणता प्रमाणपत्र तह विरेन्द्र मावि साहिलेक र स्नातक तह बैतडी जिल्लाको सदरमुकाममा रहेको जगन्नाथ बहुमुखी क्याम्पसबाट उत्तीर्ण गरिन्।

CP Hospital Dhangadhi

भट्ट सानै देखि आफू गलत नगर्ने र गलत गरेको सँग नडर्ने निडरा स्वभावकी थिइन्। सायद गरिब परिवारमा जन्मेर होला अभावै अभावमा हुर्केकी भट्टले सङ्घर्ष गर्न भने कहिल्यै छोडिनन् उनले गाउँबाट हिँडेर करिब १.५ घण्टा लाग्ने विद्यालयमा गएर आफूले जीविकोपार्जनका लागी शिक्षण गरे।

कलिलै उमेर देखि राजनीति र समाजसेवामा सक्रिय भट्ट आफ्नो १५ बर्षकाे उमेरमा विद्यार्थी काल देखि नै अनेरास्ववियुको नेतृत्व गरी गाउँसमाजमा कम्युनिष्ट भनेपछि सबै तर्सिने अवस्थामा पनि आफ्नो कलिलो उमेरमा नै गाउँमा कम्युनिष्टका नारा र वैचारिक आन्दोलनको सुरुवात गरेकी थिइन्। यो मान्छेले गाउँलाई नै अब कम्युनिष्टमय बनाउँछ र हामीलाई केही गर्न दिँदैन भनेर उहाँलाई गाउँ समाजकैकै केही तत्वहरूले गाउँबाट निकाला गर्ने प्रयास गरेको तीतो सत्य अनुभव पनि उहाँ बताउने गर्छिन। निरन्तर समाजसेवा र पीडित महिलाहरुको पक्षमा आवाज उठाउँदै सदरमुकाममा आफ्नो बलियो वर्चस्व बनाउँदै महिला नेतृ र अधिकारकर्मीको रूपमा आफूलाई स्थापित गर्न सफल नेतृ पार्वती भट्ट दुई कार्यकाल जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पनि भएर देशभरि नै उत्कृष्ट अस्पताल बनाउन सफल भएकी छन्।

nawajiwan
Attariya Hospital

अन्तरपार्टी महिला सञ्जाल बैतडीको अध्यक्षमा पनि आफूले नेतृत्व गरेर जिल्लाका हरेक महिलाहरुको अधिकार र न्यायको लागि आवाज उठाएर आफूलाई सक्षम नेतृको रूपमा पनि भट्टले चिनाउँदै आएकी छन्।

पार्टीभित्रका विभिन्न रचनात्मक एवं सृजनात्मक आन्दोलनहरुमा पनि अग्र मोर्चामा रही नेतृत्व गर्दै आफ्नो व्यक्तित्वलाई प्रभावकारी ढंगले जनतामाझ प्रमाणित गर्दै आएकी छिन्। इतिहासका विभिन्न आम निर्वाचनमा पनि पार्टीलाई जिताउन आफ्नो तर्फबाट अहम भूमिका निर्वाह गरेकी गरेको पनि भट्ट बताउने गर्छिन्। कम्युनिस्ट पारिवारिक पृष्टभुमिमा नै जन्म भएकी नेतृ भट्टले संघर्स र दुखलाई भने कहिले नकार्न सकिनन्, पार्टी र समाजप्रतिको निरन्तरको अटुट लगाव, संघर्स, संयमता, इमान्दारिता र कुशलताले नै आफ्नो क्षमतालाई अहिले प्रस्फुटन गर्न गइरहेकी छन्।

कम्युनिस्ट पार्टीकै लागि थुप्रै त्याग, समर्पण गरेर पार्टीमा आफूलाई सक्षम र अब्बल बनाउन पनि भट्ट निरन्तर लागिपरेकी छन्। आफूले नेतृत्व पाएको ठाउँमा सधैं सकारात्मक परिणाम दिन सफल नेतृ भट्ट अहिले पनि आफू पार्टीको जिल्ला कमिटी उप-सचिव भएर पार्टीलाई जिल्लामा पहिलो बनाएर जनतामाझ अझै विश्वासिलो र लोकप्रिय पार्टीका रूपमा स्थापित गर्न पनि अहोरात्र लागिपर्ने प्रतिबद्धता र विश्वास पनि व्यक्त गरेकी छन्। हुनत नेतृ भट्टले जिम्मेवारी पाएको हरेक ठाउँमा कुशलतापूर्वक र इमान्दारितापूर्वक निर्वाह गर्ने चरित्र र व्यवहारको पनि परीक्षण गराइसकेकी छिन।