
विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी ‘कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को फाइनलमा पुगेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

१६४ रनको लक्ष्य आर्मीले १९.१ ओभरमा ५ विकेट गुमाउँदै भेटायो । आर्मीका लागि बसिर अहमदले २८ बलमा ५ चौका र २ छक्कासहित नटआउट ५० रन बनाए । त्यस्तै सन्तोष कार्कीले ३१, तृतराज दासले ३८ र सन्दीप रजालीले १७ रन बनाए । सुदूरपश्चिमका दीपक बोहराले दुई, हेमन्त धामी र नरेन साउदले एक–एक विकेट लिए ।


































