
अत्तरियाः धनगढीमा सम्पन्न जय नेपाल कप २०८० को क्याम्पस स्तरीय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधी कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाले जितेको छ । शुक्रबार सम्पन्न फाइनमा ऐश्वर्य बहुमुखी क्याम्पसलाई ५ विकेटले पराजित गर्दै दुर्गालक्ष्मीले उपधी जितेको हो ।

विजयी दुर्गालक्ष्मीले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेतामा चित्त बुझाएको ऐश्वर्यले १ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा स्नातक र स्नातकोत्तर तहका सुदूरपश्चिमका ८ वटा क्याम्पसका टिमले भाग लिएका थिए ।


































