आईपियल क्रिकेटमा गुजरात टाइटन्ससँग मुम्बई इन्डियन्स स्तब्ध, मुम्बई गुजरातसँग ६ रनले पराजित

Image
Nisarga Hospital

इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटनले मुम्बई इण्डियन्समाथि ६ रनको जित निकालेको छ।

CP Hospital Dhangadhi

टस जितेर सुरुमा फिल्ड रोजेको मुम्बई आईपिएल यो सिजनको पहिलो खेलमा पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको गुजरातले दिएको १६८ रनको लक्ष्य पूरा गर्न नसक्दा मुम्बई पराजित भएको हो।

गुजरातले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सक्यो । डेवाल्ड ब्रेभिसले ३८ बलमा ४६ रन तथा पूर्वकप्तान रोहित शर्माले २९ बलमा ४३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

गुजरातका लागि अजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २–२ विकेट लिए । साई किशोरले एक विकेट हात पारे । मुम्बईका लागि तिलक वर्माले २५ र नमन धिरले २० रनको योगदान दिए ।

Dhnagadhi & Krishanapur