अमेरिकाको बाल्टिमोर सहरमा सिंगापुरको एउटा जहाज पुलसँग ठोक्किए पछि ६ जनाको मृत्यु

Image
Nisarga Hospital

एजेन्सीः  अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको छ । स्थानीय समय अनुसार मंगलबार बिहान १ः३० बजे भएको घटनामा पुलको ठुलो भाग भत्किएको हो ।

CP Hospital Dhangadhi

दुर्घटनापछि स्थानीय प्रशासनले राहत तथा उद्धार कार्य गरिरहेको छ । छ जना अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् । उनीहरू पुलमा खाल्डाखुल्डी मर्मत गरिरहेको निर्माण टोलीका सदस्य रहेको बताइएको छ । दुई जनाको उद्धार गरिएको छ, जसमध्ये एक अस्पतालमा भर्ना छन्।

मेरिल्याण्डका गभर्नर वेस मूरका अनुसार जहाज पुलको नजिक आइपुग्दा एक चेतावनी जारी गरिएको थियो, जसले थप गाडीहरू पुलतर्फ जान रोकिएको थियो। यसबाट धेरैको ज्यान बचाउन सकिएको उनको भनाई छ ।

nawajiwan
Attariya Hospital

बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले दुर्घटना भएको ठाउँको तापक्रम माइनस एक डिग्री रहेको बताएका छन् । यसै क्रममा दुर्घटनामा संलग्न ‘डाली’ नामक जहाज सञ्चालन गर्ने कम्पनी सिनर्जी मरिन ग्रुपले सो दुर्घटनामा जहाजका चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ । घटनाको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

बाल्टिमोर पुललाई मानिसहरू ‘की ब्रिज’ भनेर चिन्छन्। यो सन् १९७७ मा सर्वसाधारणका लागि खुला गरिएको थियो। यो १९ औँ शताब्दीका अमेरिकी कवि फ्रान्सिस स्कट कीको नाममा राखिएको थियो। स्कटले अमेरिकी राष्ट्रिय गान ‘स्टार स्प्याङ्गल्ड ब्यानर’ लेखेका थिए।

यो पुल २६३२ मिटर लामो थियो जसले नदीको अर्को छेउलाई बाल्टिमोरको बन्दरगाहसँग जोडेको थियो। यस ठाउँमा यो नदी समुद्रसँग मिल्छ।