धनगढीका नगर प्रमुख हमालकी छोरी सम्पर्कमा

Image
Nisarga Hospital

अत्तरिया : भारतको गोवाबाट सम्पर्क विहीन भएकी कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। सोमवारदेखि सम्पर्क विहीन भएकी आरती हमाल बुधबार आज सम्पर्कमा आएकी हुन्।

CP Hospital Dhangadhi

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो। अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्विरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन्। आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन्। उनी सम्कर्पमा आएपछि बैनी आरजु उनका श्रीमान रीतेज भट्ट गोवा पुगेका छन।

नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएकी थिइन। उनी ओशो साधक हुन। ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।