
इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा एउटा प्रतियोगितामा ५२३ को रेकर्ड बनेको छ। गएराति भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भयो। उसले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको छ।

हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले दिएको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रन बनायो।हैदरावादले दिएको २७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई इण्डियन्स ३१ रनले पराजित भएको छ। मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनायो।
विशाल रनको लक्ष्य पछ्याउको मुम्बईका लागि तिलक बर्माले शानदार अर्धशतक बनाए। उनले ३४ बलमा २ चौका र ६ छक्कासहित ६४ रन जोडेका हुन्। मुम्बईका टिम डेविड ४२ रन र रोमारियो शेफर्ड १५ रनमा अविजित रहे।
मुम्बईले पहिलो विकेट ५६ रन बनाउँदा गुमाएको थियो। मुम्बईका लागि इशन किसन १३ बलमा ३४ रन बनाएर पहिलो विकेटको रुपमा क्याच आउट भए। उनले १३ बलमा २ चौका र ४ छक्कासहित ३४ रन जोडे।
सुरुमा ब्याटिङ गर्दै विशाल रनको लक्ष्यका लागि हैदरवादका हाइनरिक क्लासनले अविजित सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे भने एडन मारक्रमले २८ बलमा २ चौका र १ छक्कासहित अविजित ४२ रन जोडे।

























