
बैतडीः माध्यमिक शिक्षा परीक्षा(एसईई)काे बैतडीमा अनुगमन गरिएको छ।शुक्रबार जिल्लाकाे दाेगडाकेदार गाउँपालिकाका दुई केन्द्रहरूमा अनुगमन गरिएको हाे।

शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थी,सहायक प्रमुख जिल्ला अधिकारी शंकर बाेहरा,शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले परिक्षाकाे अनुगमन गर्नुभएको छ।
शुक्रबार अनिवार्य नेपाली विषयकाे परिक्षा सनातन धर्म मावि श्रीकाेट र श्रीकेदार मावि पिपलकाेट परिक्षाकेन्द्रमा अनुगमन गरिएको हाे।
अनुगमनका क्रममा शान्त र मर्यादित रूपमा परीक्षा सञ्चालन भएकाे पाइएकाे शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिनुभयो ।




परीक्षा स्वच्छ ,शान्त र भयरहित वातावरणमा सञ्चालन भइरहेका सनातन धर्म माविका केन्द्राध्यक्ष बलदेव नाथले बताउनुभयाे।
जिल्लाका अन्य परिक्षाकेन्द्रहरूमा पनि अनुगमन कार्य जारी रहेकाे जनाएको छ।
बिहीबारदेखि शुरू भएकाे एसईई परीक्षा बैतडीका २५ ओटा केन्द्रबाट सञ्चालन भइरहेका छन्। यी केन्द्रहरुमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाइएको छ ।
यस्तै परीक्षालाई मार्यादित, भयरहित, शान्त र स्वच्छ वातावरणमा सम्पन्न गर्न हरेक केन्द्रहरुमा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । यसका साथै माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिका पदाधिकारीहरुले परीक्षाको अनुगमन गरिरहेकाे छ।
बैतडीमा यो बर्ष २ हजार ४ सय ५८ छात्र र २ हजार ६ सय ३० छात्रा गरेर ५ हजार ८७ परीक्षार्थी एसईईमा सहभागी छन् ।



































