
इंडियन प्रिमियर लिगमा लखनऊ सुपर जाएन्ट्सले पञ्जाब किंगलाई २१ रनले पराजित गरेको छ। २०० रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो। पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए।

टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। लखनउका क्विन्टन डि काकले सर्वाधिक ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
कप्तान निकोलस पूरन ४२, मार्कस स्टझयनिस १९ र केएल राहुल १५ रनमा आउट हुँदा क्रुनाल पाण्ड्या ४३ रनमा अविजित रहे।
लखनऊको यो दोस्रो खेलमा पहिलो जित हो। पञ्जाब भने ३ खेलमा १ जित निकाल्न सफल रहेको छ। आइपीएलमा आज दुई खेल हुँदै छन्। पौने ४ बजे बजे हुने खेलमा गुजरात टाईटन्स र सनराईजर्स हैदराबाद भिड्ने छन् भने साँझ पौने आठमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन्।


























