आईपिएल क्रिकेटमा मुम्बई इन्डियन माथि राजस्थान रोयल्सको सानदार जित, यस्तो बन्य अंक तालिका

Image
Nisarga Hospital

राजस्थान रोयल्सका बलरसामू टिक्न नसक्दा मुम्बई इन्डियनले तेस्रो खेलमासमेत खाता खोल्न सकेन। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्गर्तत सोमबार राति भएको खेलमा राजस्थानलाई १२६ रनको सामान्य लक्ष्य दिएको मुम्बई ६ विकेटले पराजित भएको छ। वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२५ रन मात्र बनाएको थियो।

CP Hospital Dhangadhi

मुम्बईको इनिङलाई धराप पार्न राजस्थानका लागि ट्रेन्ड बोल्ड र युजवेन्द्र चहाले तीन तीन विकेट हात पारे। ट्रेन्ड बोल्डले रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविसको विकेट लिएका थिए। उनीहरू खाता खोल्न नपाउँदै शून्यमै आउट भए। नान्द्रे बर्गरले २ विकेट लिँदा आवेश खानको नाममा १ विकेट रह्यो।