भारतिय सिमा क्षेत्र गौरीफन्टा आउँदै गरेको बसमा आगलागी

Image
Nisarga Hospital

धनगढी:  भारतको पुनेबाट गौरीफन्टा आउदै गरेको बसमा आगो लागेको छ। भारतको मध्य प्रदेशमा आइतवार बिहान नेपाली सवार बसमा आगो लागेको हो।

CP Hospital Dhangadhi

भारतको यूपी नम्बरको बसमा आगो लागेको भएपनि पूर्ण विवरण आएको छैन्। धनगढीबाट भारतका विभिन्न सहरहरूमा यातायात व्यवसाय सञ्चालन गर्दै आएकाहरूका अनुसार भारतबाट नेपालीहरू पठाइएको गाडीमा आगो लागेको हो।तर, भारतबाट नेपालीहरू पठाउने समितिको बारेमा समेत खुलेको छैन। बसमा चल्दा चल्दै आगो लागेको बताइएको छ। तर, कारण खुलेको छैन।

Attariya Hospital

बस जलेर नष्ट भएको छ। मानवीय क्षति नभएको बसमा सवारहरूले बताएका छन्। बसमा सवारहरू अहिले बाटोमा अलपत्र परेका छन्। आइतवार बिहान बसमा आगो लागेको हो। धनगढीबाट यातायात व्यवसाय सञ्चालन गर्दै आएकाहरूले भारतीय नम्बर प्लेटका बसहरू प्रयोग गर्दै आएका छन्। भारतीय नम्बरका गाडीहरूमा पटक–पटक समस्या आउने गरेको छन्।

nawajiwan