यो साताको पहिलो दिनमा सुनको मूल्यले फेरी अर्को नयाँ रेकर्ड राख्यो ! आजका लागि कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको छ । महासंघका अनुसार आइतबार २ हजार ९०० रुपैयाँले बढेको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । शुक्रवार छापावाल सुनको मूल्य १ लाख ३२ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढिरहेको हो ।

nawajiwan