
बैतडी: स्वास्थ्य कार्यालय बैतडीकाे सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रम गरेकाे छ। विश्व स्वास्थ्य दिवसको अवसर पारेर सञ्चारकर्मीसंग अन्तरक्रिया गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख याेगेशप्रसाद भट्टले बताउनुभयाे।

अन्तरक्रियामा दशवटै पालिकाका स्वास्थ्यकाे अवस्थाकाे बारेमा जानकारी गराइएको छ। स्वास्थ्य पुर्वाधार, जनशक्ति लगायतका बारेमा छलफल गरिएको छ।

स्वास्थ्यकाे अधिकार स्थानीय तहलाई दिएकाे स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेकाे सहभागीहरूले बताएका छन्।
अन्तरक्रियामा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूकाे सहभागीता रहेकाे थियोे ।































