
संसारमा मानिसको जन्म हुन्छ र जन्म सँगै मृत्यु ल्याएर आयको हुन्छ, यो भनेको प्राकृतिक कुरा हो अर्थात् यो कुरालाई कसैले पनि गलत व्याख्या गर्न मिल्दैन मानिस भनेको समाजको सृजनशील प्राणी हो, समाजलाई कुन दिशा तिर लग्ने कसरी अगाडि बढाउने भन्ने कुराको परिकल्पना सहित संघर्ष गर्छ र सोही अनुरुप उक्त ठाउँमा पुगाउने र पुग्ने कार्यले सफलता हासिल गर्छ।

मानव र समाजको जब कुरा आउँछ त्यस बखत मानव समाज देखि अलग हुन सक्दैन र मानव बिनाको समाजको परिकल्पना गर्न सकिँदैन मानवहरुको भरिभराउ बस्ती वा समाज नै समुदाय हो, समाजमा कुनै पनि व्यक्ति समुहमा होस् या एकल रुपमा होस् उक्त व्यक्तिले समाजमा आफ्नो अस्तित्व को लागि संघर्ष निरन्तर रूपमा गरी रहेको हुन्छ ता की उसको अस्तित्व रही रहोस् ।
समाजमा एकै प्रकारका सोच भयका व्यक्तिहरू नी हुँदैनन् व्यक्ति पीक्ष फरक फरक धारण राख्ने व्यक्तिहरूको ताति हुन्छ, जसले जति बुझेको हुन्छ उसले त्यति नै व्यवहारमा उतार्ने गर्दछ, समाजमा त्यतिकै देन गर्ने गर्दछ र समाजले पनि उसलाई उसको गुण अनुसार नै उँ प्रति व्यवहार गरी रहेको हुन्छ समाजमा बसी सके पछि जो कोहीले पनि आफ्नो इज्जत प्रतिष्ठा सम्मान पद मर्यादा रहोस् भन्ने ठान्छ तर ठान्ने बितीकै सबै कुरा भने सीतैं मा मिल्दैन भन्ने कुरा नी बुझ्नु पर्ने हुन्छ, समाजमा बसी सके पछि समाजको नीति नियम र आफूले आर्जन गर्नु पर्ने ज्ञान र समाजलाई दिनु पर्ने योगदानको विषयमा पनि हामीले सोच्नु पर्ने देखिन्छ र सोचेर मात्र नी भयन उक्त कुरालाई व्यवहारिक रूपमा लागू गराउनको निमित्त आवश्यक संघर्ष गर्नु पर्ने हुन्छ।
विश्व इतिहास देखि नेपालको इतिहासमा हेर्दा तपाईं हामीले सर्वसाधारण जनतालाई कसैले पनि चिन्दैनन् तर प्रख्यात व्यक्तिहरूलाई भने नानी बाबुहरु देखि वृद्ध आमा बुवाहरुले सहजै रूपमा विस्तृत जानकारी दिन सक्छन्, एक पटक तपाईं हामीले आफ्नो मनलाई प्रश्न गरौं त, तिनीहरूलाई कसरी यति सजिलो तरिकाले चिनेका होलान् भनेर?? पक्कै पनि तपाईहरुको मनमा के कुराको ख्याल आयो होला भन्दा केही नयाँ केही फरक तरिकाका व्यक्तिहरू भयर भन्ने सोच्नु भयो होला, उक्त व्यक्तिहरूका पछाडिको रहस्य कसैले नी बुझेको हुँदैन हामी त्यसैले अरूको विषयमा व्याख्या विश्लेषण त गर्न सक्छौ तर हाम्रो नाम राखेर अरु कसैले व्याख्या विश्लेषण गरोस् भन्ने पनि सोच्छौ तर सोही अनुरुपको मिहिनेत भन्ने कुरा हुँदैन जसले गर्दा हाम्रो सपना सपनामा मात्र सीमित हुन्छ।
समाजमा बसी सके पश्चात जो कोहीले पनि रोज्न खोज्ने भनेको माथि उल्लेख गरे झै इज्जत, मान, प्रतिष्ठा नै हो, मैले भन्न खोजी रहेको कुरा नी संक्षिप्तमा भन्नु पर्दा यही हो अर्थात् सफलता नै हो या त्यो समाजमा होस् अथवा कुनै जिम्मवार पदमा, मैले यस विषयमा आफूले भोगेको कुरालाई प्रष्ट्याएको छु जुन निम्न अनुसार रहेको छ।।
सिद्धान्त: “सपना, संघर्ष, निरन्तरता तत् पश्चात सफलता मिल्छ” यस विषयमा विस्तृत रूपमा आफूले बुझेको आफूले भोगेका आफूले जानेको कुराहरूको व्याख्या गर्ने छु जुन व्याख्या निम्न अनुसार रहेको छ,,
सपना: सपना भन्नाले मैले आंखा खुल्ला भएको अर्थात् न सुतेको बेला देख्ने कुरालाई जोडेको छु, मानवले कुनै पनि इच्छा प्रकट गर्दछन् जुन इच्छामा उसले आफ्नो भविष्य देखेको हुन्छ उक्त सपनाले उसलाई सन्तुष्टि दिने गर्छ र उसको लागि सबैथोक त्यही नै हो भन्ने सोच जब आउँछ त्यही कुरा नै उक्त व्यक्तिको लागि सपना हो। यसलाई अझै सहज तरिकाले बुझ्नको लागि हजुरहरू समक्ष उदाहरण सहित पेस गरेको छु, :- जस्तै: राम भन्ने व्यक्तिले कैलाली देखि हिँडेर काठमान्डौ सम्म पुग्छु भन्ने सपना देख्यो, श्यामले म जसरी पनि यो वर्ष MBBS मा नाम निकाल्छु भनेर सपना देख्यो आदि।
संघर्ष: कुनै पनि व्यक्तिले केही गर्ने सपना देख्यो, सोही सपनालाई पूरा गर्नको लागि उसले हरेक कुराको मध्यनजर गरेर सपनालाई निधारमा राखेर सपना पुरा गर्ने अठोट सहित अगाढी बढी रह्यो सम्बन्धित सपनाको विषयमा ज्ञान आर्जन देखि आर्थिक, भौतिक कुराहरू जोडी सपनालाई पूरा गर्नको लागि दिन रात नभनी प्रयास गर्ने कार्य नै संघर्ष हो। उदाहरण सहित भन्नु पर्दा, :- जस्तै: रामले कैलाली देखि हिँडेर काठमान्डौ सम्म पुग्ने सपना देखेको थियो र त्यो सपनालाई पुरा गर्नका लागि राम जुन ठाउँमा थियो उसले त्यस ठाउँबाट अगाढी बढ्नको लागि पाइला अगाढी सार्यो अथवा हिँड्न सुरु गर्यो।
निरन्तरता: निरन्तरता भनेको कुनै पनि काम, गतिविधि वा परिस्थितिको निरन्तरता वा नियमितता हो। यसको अर्थ कुनै पनि क्षेत्रमा समृद्धिको लागि निरन्तर काम, प्रयास र निरन्तर प्रयास हो। यसले सफलताको बाटोमा रहन मद्दत गर्दछ यसलाई अझै राम्रो सँग बुझ्ने लागि उदाहरण हेराैँ, :- जस्तै: रामले कैलाली देखि हिँडेर काठमान्डौ सम्म पुग्ने सपना देखि सके पछि त्यस ठाउँ सम्म पुग्नको लागि उसले कदम पनि चालि सकेको छ र अब कुरा आउँछ त्यस कदमलाई वा पाइला लाई निरन्तता दियौ भने निश्चित रूपमा पनि सपना देखेको ठाउँमा अर्थात् काठमान्डौ पुग्न सकिन्छ बीच बाटमै हामीले पाइला रोक्नु भयन, उक्त संघर्षलाई निरन्तता,निरन्तरता, निरन्तरता दिनु पर्यो।
सफलता: सफलता भन्ने बितिकै मान्छेहरू खुसी हुन्छ्न तर त्यस पछाडिको सपना, संघर्ष र निरन्तरतालाई देख्दैनन्, कुनै पनि व्यक्तिले केही गर्ने सोच, सपना देखेर उक्त सपनालाई पूरा गर्नको लागि दिन रात नभनी संघर्ष गरेर र त्यस संघर्षलाई बिना बहाना गरी निरन्तरता दियो भने निश्चित रूपमा पनि समाजमा पाउनु पर्ने इज्जत मूल्य मान प्रतिष्ठा पाउन सक्छ अर्थात् सो व्यक्ति ब्यक्तिगत रूपमा अथवा सामाजिक रूपमा सफलता हासिल गर्न सक्छ । उदाहरण जस्तै:- रामले कैलाली देखि हिँडेर काठमान्डौ सम्म पुग्ने सपना देखेको थियो त्यसलाई पूरा गर्नको लागि संघर्ष गर्यो , संघर्षलाई निरन्तरता दियौ अनि बल्ल काठमान्डौ पुग्यो यही नै वास्तवमा भन्नु पर्दा सफलताको राज हो।
माथि उल्लेखित कुराहरूलाई हेर्दा सफलता भन्ने कुरा तपाईं हामीले लिने वा नलिने भन्ने बुझिन्छ अथवा सफलता हासिल गर्ने की नं गर्ने भन्ने प्रश्न चिन्ह खडा हुन्छ, धेरैले सफलताको राज बुझ्न खोज्छन् तर यसो हेर्दा तपाईं हामी सँग मात्र 3 वटा तत्त्व भए सहजै रूपमा सफलता हासिल गर्न सकिन्छ।
मानिसको जीवनमा सफलता प्राप्त गर्नका लागि तपाईं हामीले आफूले सकेको कडा मिहिनेतको साथमा संघर्ष त गर्दै छौं तर सही तरिकाहरु अपनाइएको छौं की छैनौं भन्ने हो हामीले सानो सानो कुरालाई पनि मध्यनजर गरेर अगाडि बढ्दा तपाईं हामीलाई आगामी दिनमा झनै सहज तरिकाले अगाढी बढ्ने बाटो खुल्छ र रोजे खोजेको जस्तो आवश्यक कुराहरू प्राप्त गर्न सकिन्छ।
निष्कर्ष: सपना, संघर्ष र निरन्तरताको योगले जो कोहिले पनि एक स्तरको सफलता हासिल गर्न सक्छ, हामीले यसलाई कसरी पनि बुझ्न सक्छौं भने सपना संघर्ष निरन्तरता भनेको सफलता हुनु पर्व नभई नहुने तत्त्वहरु हुन् यी कुराहरूको मिलनले नै मानिसलाई एक तहमा अर्थपूर्ण बनाउँदछ, हामीले विद्वान, बुद्धिजीवी, सफलता हासिल गरेको उदाहरणीय व्यक्तिहरूको सफलता हुनु पूर्वको इतिहास लाई हेर्दा पनि यस विषयमा हामी सहज तरिकाले स्पष्ट हुन सक्छौ, हामीले मुख्यतः के कुराको मनन गर्नु पर्छ भने कुनै पनि व्यक्ति सफल भयो भन्दैमा खुसी हुनु को कुरा त आफ्नो ठाउँमा छँदै छ तर उक्त व्यक्तिले यस ठाउँ सम्म पुग्दा के कस्ता बाधा अड्काउ आई परेको थिए अथवा हामीले भनेझै संघर्ष कत्तिको गर्नु परेको थियो भन्ने कुराको प्रश्न गर्नु उचित हुन्छ जसले गर्दा तपाईं हामीलाई एक सकारात्मक सोच तर्फ लैजान्छ, समाजमा जति पनि प्रख्यात, चर्चित नाम कमाएका उच्च तहमा पुगेका महामहिम देखि सम्माननीय सम्मका व्यक्तिहरूलाई चिन्न सहज गराउने भनेको त्यही सपना संघर्ष निरन्तरताले नै हो फलस्वरूप उनीहरू सबैको मनमुटुमा बस्न सफल भएको हुन्छन सबैले सजिलै संग चिन्न सक्ने वातावरण बनेको हुन्छ, यसको पछाडिको रहस्य भनेको नै यही हो, हामीले हरेक कुराको पछाडिको कुरालाई नियालेर हेर्दा जता सुकै पनि यो कुरा भेटिन्छ यस बाट के प्रमाणित हुन्छ भने सपना संघर्ष निरन्तता भनेको नै सफलता हो भन्ने बुझिन्छ।
तसर्थ, तपाईं हामीले यस विषयलाई मनन गर्ने की नगर्ने, सदैव सकारात्मक सोचका साथ अगाढी बढ्ने की नबढ्ने लगायतका विषयमा हामीले गहन भएर अगाढी बढ्दा उचित हुन्छ, समाजमा स्थान पाउनु पूर्व तपाईं हामीले पहिले आफ्नो मनमा वास्तविक स्थान पाउनु भएको छ कि छैन भन्ने कुराको ख्याल राख्नु पर्ने हुन्छ अनि मात्र समाज तिर जाने हो, मानव जातिले कुनै पनि कार्य गर्दा माथि उल्लेखित तत्त्व हरुलाई ख्याल गरी व्यवहारमा उतार्दा अवश्य पनि एक स्तरमा पुगिन्छ भन्ने कुरा स्पष्ट भएको छ।।
✍️सुनिल बहादुर भुल





























